२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

बैतडीमा ९० प्रतिशत आपराधिक घटनामा मदिरा सेवन नै मुख्य कारण

बैतडी – जिल्लाका  भएका आपराधिक घटना हुनुमा मदिरा सेवन मुख्य कारण देखिएको छ ।

नागरिक सुनुवाइ कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मदिरा सेवन गरेकै कारण हिंसा र आपराधिक घटना बढी हुनेगरेका छन् । उनले भने, “ नब्बेप्रतिशत आपराधिक घटना मदिरा सेवनका कारण हुने देखिएका छन् ।

दैनिक उपभोग्य तथा खाद्यान्न पाइने पसलमासमेत  मदिरा बिक्री हुने गरेको स्थानीयवासीले गुनासो गरेका थिए । मदिरा बिक्रीवितरण तथा सेवन रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने प्रहरीको जोड छ ।

चेतनाको कमीका कारणले पनि आपराधिक घटना बढिरहेका प्रहरीले जनाएको छ । अन्य सहभागीले युवापीढिका लागि मनोपरामर्श जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोलटोलमा हुने गरेका जुवातास र अवैध मदिरा बिक्री वितरण तथा सेवनलाई न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए  ।

जिल्लाका सबै स्थानीय तहमा प्रहरी नागरिक सुनुवाइ गर्ने कार्यक्रम रहेको छ । हालसम्म पाटन र मेलौली नगरपालिकामा सम्पन्न भइसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहमा पनि केही दिनमै निरन्तर रुपमा कार्यक्रम सञ्चालन गरिने प्रहरीले जनाएको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।