२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

शुक्रबार सार्वजनिक हुँदै विप्लव

काठमाडौँ —  नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवु झन्डै २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहिबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच तीन बुदेँ सहमति भएसँगै उनी शुक्रबार हुने विशेष समारोहलाई सम्बोधन गर्न काठमाडौं आइपुगेका छन् ।

बिहिबार भएको सहमतिको विस्तृत विवरण फागुन २१ गते अर्थात् शुक्रबार दिउँसो २ बजे विशेष समारोहकाबीच सार्वजनिक हुने भएको छ । सो समारोहलाई नेकपाका तर्फबाट नेत्र विक्रम चन्द ‘विप्लव’ र सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सहमति नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयहरु छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।