दिपकराज भट्ट(डडेल्धुरा)—डडेल्धुरामा वि.सं २०५२ सालमा स्थापना भएको डडेल्धुरा बहुखि क्याम्पसमा विद्यार्थि संख्या घटदै गएको छ ।एक बर्षे विएड. बाट सुरु भएको क्याम्पसले सुरुमा
भवन नहुदा महेन्द्र मा. वि खलंगामा एक कोठा भाडामा लिएर पढाई सुरु गरेको थियो ।पहिलो बर्ष १५० जना भएका र जसमा १४८ जना पास भएको ।



२०५७ मा तीन बर्षे विएड थपिएको र विद्यार्थिहरु को चाप उच्च रहेको थियो तर पछिल्लो समयमा भने विद्यार्थिहरुले राजनतिी गर्ने थलोका रुपमा चिन्ने गरेका छन् ।
दुई बर्ष वित्दा समेत मर्मत भएनन् फुटेका सिसाहरुः
डडेल्धुरा बहुमुखी क्याम्पसमा दुई बर्ष अगाडि आन्दोलनको क्रममा चर्किएका झ्यालका सिसा अझै मर्मत हुन सकेका छैन्नन । सुदुर पश्चिमको मुटु मानिने डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको यस क्याम्पसले केही बर्ष अघि भने शिक्षा क्षेत्रमा निकै चर्चा पाएको थियो तर बिगत केही बर्ष यता भने राजनिती गर्ने थलो का रुपमा क्याम्पस चिनिदै आएको छ विद्यार्थीहरुको गुनासो छ।
उसो त शान्त एकान्त वातावरणमा रहेको क्याम्पसको माहोल भने राम्रो छ तर कहिले विद्यार्थी आन्दोलन त कहिले शिक्षक आन्दोन भने भईरहन्छ । आफ्ना माग पूरा गर्नुकै लागि कहिले क्याम्पसमा ताला लगाईन्छ त कहिले ढुङ्गामुडा संग खेल्छन यहाँ जसको जवल्नत परिणाम पृष्ट देख्न सकिन्छ ।
देश संघियतामा गए संगै सबै स्थानिय तहले विकासमा जोड दिए पनि डडेल्धुराका स्थानिय तहहरुले डडेल्धुरा बहुमुखी क्याम्पस लाई भने मध्यनजर नगरेको स्थानीयको गुनासो छ ।
यस बिषयमा के भन्छन त क्याम्पस प्रमुख
यस बिषयमा क्याम्पस प्रमुख भन्छन म यहाँ आएको तीन बर्ष भयो सिसा म आउदा फुटेकै थिए । सिसा फुटनको कारण विद्यार्थी आन्दोलन हो । मर्मतका लागि हामीले स्थानिय तह संग माग गर्यौ तर स्थानिय तहले सहयोग गर्ने वातावरण नै देखाएन र हामीले विश्वविद्यालय संग पनि माग गरेका थियौ तर त्यहा बाट पनि बजेट आएन हामिले मर्मत नै गर्न सकेनौ । उसो त यहाको भौतिक संरचना पनि जिर्ण बनेका छन् । हामिले पहल चाल्दै आएका छौ तर स्थानीय सरकार, विश्वविद्यालय कसैले मतलव नै गर्दैन। क्याम्पसको दोस्रको कार्यकालमा उप्रेतीले पुन नियुक्ति पाएका छन् । उनी भन्छन् मेरो दास्रो कार्य कालमा म क्याम्पसकाको भौतिक संरचनामा एक बर्ष भित्रमा सुधार ल्याउछु ,पुस्तकालय लाई पनि व्यवस्थित गर्छु ।
क्यापसका केहि भौतिक संरचनाहरु हेरौ फोटोमा

धारा
पुस्तकालय
क्याम्पस भवन

























