अछाम,२० फागुन । अछामकी एक महिलाको भारतको हैदरावादमा करेन्ट लागेर ज्यान गएको छ ।जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली घर भई हाल भारत हैदरावादमा रोजगारी गर्दै आएकी २१ बर्षकी जानकी बोगटीको करेन्ट लागेर ज्यान गएको हो ।



बुधबार साँझ बिल्डिङको बाहिर बरण्डामा सुकाउन लगाएका लुगा निकाल्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर ज्यान गएको उनका श्रीमान् दिल बहादुर बिगटिले बताए । अछामको कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैन माईती घर भएकी जानकीको करिब २ बर्ष पहिले बिवाह भएको ।
Views: 175

























