२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

धनगढी वालपेपर एण्ड होम डेकोर सञ्चालनमा

धनगढी,२० फागुन । धनगढीमा ३० लाखको लगानीमा धनगढी वालपेपर एण्ड होम डेकोर सञ्चालनमा आएको छ । कञ्चनपुरको बेल्डाँडी गाँउपालिका २ का धर्मराज जोशीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा होम डेकोरको ब्यबसाय सञ्चालनमा ल्याएका हुन् ।

१० बर्ष कोरियामा काम गरेर २ महिना अघि स्वदेश फर्किएका जोशीले अहिले ठुलो लगानीमा सो कार्यमा लागेका हुन्। लामो समय बिदेशको बसाईपछि स्वदेशमै केहि गर्ने सोचका साथ यो व्यवसायलाई रोजेको हुँ, जोशीले भने ‘अहिले घर, अफिस, होटल, रेस्टुरेन्ट लगायतमा पेन्टिङ भन्दा सस्तो अनि सुन्दर सजावटमा वालपेपर प्रयोग गर्ने चलन बढिरहेको छ, यस क्षेत्रका लागि यो ब्यवसाय नयाँ र राम्रो डिमाण्ड रहेकोले यो ब्यवसाय छनोट गरे ।’

अहिले सुदूरपश्चिममा काठमाडौबाट अडर गरेर रेस्टुरेन्ट,होटल,अफिस होम डेकोर गर्ने गरेका छन् । अब काठमाडौ अन्य तिरबाट वालपेर तथा होम डेकोरका लागि पुग्नु पर्दैन वालपेपरको मुख्य विषेशता भित्ता आकर्षक देखाउनु नै हो। अनुभवीहरुबाट राम्रो ब्राण्डको वालपेर लगाउदा घरको कोठाको सुन्दरता बढ्छ । भने अर्को तिर पेन्टिङलगाउदा फोहोर हुन्छ,कहिले काहिँ केरमेट हुँदा पनि पुरै घरको पेन्टिङ लगाउनु पर्ने हुन्छ ।

वालपेपर भन्दा पेन्टिङ महङ्गो हुने गरेको जोशीको भनाई छ । सुदूरपश्चिम समाज कोरियाका पुर्व अध्यक्ष तथा एनआरएनका केन्द्रिय सदस्यसमेत रहेका जोशीले बिदेशमा कमाएको रकम स्वदेशमा नयाँ केही न केही काम गर्नु पर्छ भन्ने सोच रहेको बताए ।

वालपेपरमा विभिन्न रङ, बुट्टा र प्रकारमा पाइन्छ। हामीकहाँ सामान्यतया इँटा, ढुंगा, काठ, मार्वल, जीव–जनावर, प्राकृतिक दृष्यलगायत एक सयभन्दा बढी प्याटर्न बुट्टा भएका रेडिमेड वालपेपर उपलब्ध रहेको जोशीले बताए । २ महिनाका लागि धनगढीमा लगाउने वालपेपर रकम र अन्य जिल्लामा लगाउने रकम एउटै रहेको उनको भनाई छ । कोरियन ब्राण्डको वालपेपर जो १० बर्षसम्मको वारेन्टी रहेने जोशीको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।