कञ्चनपुर,१९ फागुन । महा शिवरात्री एव सेना दिवसको अवसरमा कञ्चनपुरको पुर्नवासमा एक दिने पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ ।



नेपाल राष्ट्रिय भूतपूर्व सङ्घ क्षेत्र नं. १ को आयोजनामा फागुन २७ गते दोस्रो संस्करण हुन लागेको नेपाल राष्ट्रिय भूतपूर्व सङ्घ क्षेत्र नं. १ कञ्चनपुरका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार खुल्ला पेनाल्टी सुट आउट प्रतियोगिता पुर्नवास नगरपालिका वडा नम्बर ३ कालिका खेल मैदानमा हुने जनाएको छ ।
पेनाल्टी सुट आउट प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले फागुन २६ गते ४ बजेसम्म ईन्ट्री हुन पाउने आयोजकले जनाएको छ । ईन्ट्री शुल्क दुई हजार पाँच सय तोकिएको छ । लिग चरणमा खेलाइने प्रतियोगिताको विजेताले ३० हजार प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।

Views: 225

























