२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

धनगढीमा जारी एलपीएल क्रिकेट प्रतियोगितामा आज कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी

धनगढी- धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तरगत आज भएका खेलमा कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो । न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि पर्याप्त हुन सकेन ।

न्यू एकेडेमीका लागि समिर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान दुई÷दुई विकेट लिए । कमल ओलीले एक विकेट लिए । न्यू एकेडेमीले दिएको १ सय १२ रनमो लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

बाल बाटिकाको जितमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराट सिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए । खेलका म्यान अफ द म्याच बाल बाटिकाका कमल ओली भए । 

आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । उस्का लागि दीपक बोहराले ९३ र सुदिप बस्नेतले २३ रन बनाए । शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १÷१ विकेट लिए ।

१ सय ९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दीनेश ओडले ९०र अर्जुन साउँदले २३ रन बनाए । ह्वाइट हाउसको जितमा सन्दिप जंग शाहीले ४ र रजत तिमिल्सिनाले २ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका सन्दिप जंग शाही भए । दुई खेलमा जित हात पारेको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् ।

आयोजकका अनुसार भोलि पहिलो खेल लिटल फ्लावर र शारदा मावि तथा दोस्रो खेल धनगढी नमुना र स्टेपिङ स्टोनबीच हुनेछ । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।