हामी लामो समय देखि भन्दै आइरहेका छौ कि युवाहरू भवितव्यका कर्णधार हुन यो भनाइ सहि तर अपुर्ण छ युवाहरू भविस्यका मात्र नभएर वर्तमान का पनि बलिया आधार हुन त्यसैले सयौं यस्ता युवाहरू छन जसले आफ्नो देश लाई मात्र होइन स्संसार लाई प्रभावित गर्ने काम युवा अवस्था मा नै गरेका छन उनीहरुको कामले विश्वलाई डोर्याएको छ चाहे त्यो बिज्ञान को क्षेत्र होस शैक्षिक , साहित्यिक,राजनीतिक ,सामाजिक क्षेत्र होस खेलकुद त युवा को आफ्नै क्षेत्र भैहाल्यो त्यस्ता युवा को उदाहरण दिएर भन्नु पर्दा गुरुत्व आकर्षण बल को सिधाान्त न्युटनले २४ वर्ष मा प्रतिपादन गरेका हुन , पारिजात ले शिरिसको फुल २८ वर्ष मा लेखेकी हुन ,जुगर वर्ग ले फेसबुकको स्थापना १९ वर्ष मा गरेका हुन , पृथ्वीनारायण शाह ले टुक्रा टुक्रा भएको नेपाल लाई २१ वर्ष मा एकीकरण गरेका हुन यस्ता हजारौं प्रतिभा हरु छन जुन युवा अवस्था मै भए तर आफुलाइ कसरी प्रतिभा वान बनाउने भन्ने हजारौं युवाको जिज्ञासा् र अनुसन्धान ले पुर्णता पाइरहेको छैन के खास मान्छे मात्र प्रतीभा शाली हुन्छन् ? बाकी हुदैनन् ? प्रतिभा को जन्म कसरी हुन्छ ?के कोहि जन्मिदै प्रतिभाशाली हुन्छन् ? र बाकी सब साधारण हुन्छन् अर्थात के प्रतिभाशाली व्यक्ति मा दैविक गुण प्राप्त हुन्छ ? बाकी सबैले स्राप पाएका हुन ? कि समाजको आवश्यकता अनुसार प्रतिभा को जन्म हुन्छ ? यो चासो एवं सफलता को गहन बिषय बनेको छ युवा काल महत्त्वपूर्ण कल्पना शिल र जिज्ञासु हुन्छ जसले आफ्नो कल्पना र जिज्ञासा् लाई बढायो अन्तरनिहित प्रतिभा लाई प्रष्फुटन गर्न सक्यो त्यो सफल हुन्छ र विश्वलाई गति दिन सक्छ ।
प्रदीप भट्ट
Views: 167




























