२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बाजुरामा यस बर्ष मात्र रोपिए १ लाख २५ हजार फलफूलका बिरुवा

बाजुरा । बाजुरा जिल्लामा यस बर्ष मात्रै १ लाख २५ हजार फलफूलका बिरुवा रोपिएका छन्। गत वर्षहरू झैँ यो बर्ष पनि सरकारी अनुदान र किसानको लागतमा  १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनु भएको छ।

गरिबी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले वि. स. २०७७ साल लाई फलफूल रोपण वर्ष घोषणा गरी वृहत् रुपमा फलफूल बिरुवा रोप्ने अभियान सञ्चालन गरे अनुरूप यस वर्ष १ लाख २५ हजार हिउँदे फलफूलका बिरुवा रोपेर ५०० हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सूचना अधिकारी जैशीले बताउनुभयो । यी बिरुवा सङ्ख्या विगतका वर्षको तुलनामा करिब पाँच गुणाले बढी रोपिएका छन्।

यस वर्ष जिल्लामा विजु ओखर १९ हजार ५०, कलमी ओखर ९ सय टर्कीबाट ल्याइएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१ हजार २सय ५० वोट रोपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४ हजार ८ सय अन्य जातको स्याउ, किवी, र नास्पाती/आरु/आरुवखडा गरेर जम्मा १ लाख १५ हजार फलफूल बिरुवा रोपिएको  छ भने १० हजार जङ्गली मेलका वोटलाई कलमी गरी नास्पाती बनाइएको सूचना अधिकारी जैशीले जानकारी दिनुभएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।