२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

सुदूरपश्चिम स्पोर्टस अवार्डको एजुकेसन पार्टनर ओसन पब्लिकेसन

धनगढी, १९ फागुन । धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एजुकेसन पार्टनर ओसन पब्लिकेसन भएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि निजि विद्यालयहरुका पाठ्यपुस्तकहरु प्रकाशन गरिरहेको ओसन पब्लिकेशन एजुकेशन पार्टनरको रुपमा जोडिएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र ओसन पब्लिकेशनका सुदूरपश्चिमका मार्केटिङ अफिसर सुरत रावत डोटेली कान्छाका बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । 

सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल र मेरो रेडिमेड उद्योग सह–प्रायोजक रहेको अवार्डमा वर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।