२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

नेकपा दाहाल-नेपाल केन्द्रीय कमिटीको निर्णय : नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन

नेम्बाङलाई ३ दिनभित्र उपनेताबाट समेत राजीनामा दिन निर्देशन
प्रभु साह, सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन 

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि अपिल गर्ने पनि निर्णय गरेको छ । आन्दोलनका क्रममा देश भर भएका दमनको भर्त्सना गर्ने र विशेष गरी जनकपुरमा भएको निश्रंस दमनको निन्दा गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, कर्ण थापा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ । पितृशोकमा रहेका कारण गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णयबाट दाहाल-नेपाल समूह पछि हटेको छ ।

त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठकले दु:ख व्यक्त गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।