२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

दार्चुलाको नौगाड गाउँपालिका स्थित विद्यालयहरूमा छात्रा बेहोस हुने समस्या

दार्चुलाको नौगाड गाउँपालिका स्थित विद्यालयहरूमा छात्रा बेहोस हुने समस्या देखा परेको छ। नौगाडका छात्राहरू ढल्ने, बेहोस हुने, रुने, कराउने समस्या देखा परेको विद्यालयहरूले जनाएका हुन्। कक्षा ९ देखी १२ र साना कक्षाका छात्रा, छात्र समेत बेहोस हुन थालेपछि नौगाड–४ सिप्टी स्थित गणेश विनायक माध्यमिक विद्यालय दुई दिनका लागी बन्द गरिएको छ। केही दिनयता दैनिक छात्राहरू बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए। प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक ६–७ जना छात्राहरू बेहोस हुने गरेका छन्।

करिब एक हप्तादेखि मावि सिप्टीमा अचानक छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको उनले बताए। सुरुमा ९÷१० कक्षामा अध्ययनरत छात्राहरूमा यस्तो समस्या देखिएकोमा पछिल्लो समय आधारभूत कक्षाका छात्राहरूमा पनि त्यस्तो समस्या देखिन थालेको उनले बताए। प्रधानाध्यापक धामीले चिकित्सक मगाउन नसकिएको बताए। उनले भने,–‘जिल्ला प्रशासन, स्थानियतहलाई समेत यसको पूर्ण जानकारी छ तर पनि चिकित्सक मगाउन सकिएको छैन।’

यस्तो समस्या अन्य विद्यालयमा पनि देखा परेको उनी बताउँछन्। अन्य विद्यालयहरूले क्षमा पूजा गरेपछि समस्या नदेखिने उनले बताए। उनले भने–‘२ वर्ष अगाडी विद्यालय भासिएर ४ जना छात्राको ज्यान गएको थियो, विधीसम्बत केही नगरिएको हुँदा यस्तो समस्या पनि देखिएको हुन सक्ने आशङ्का गरिएको छ।’

प्रधानाध्यापक धामीले विद्यालयमा क्षमा पुजाको आयोजन गरिएको बताए। त्यस्तै सोही गाउँपालिका स्थित सिवालिंग माध्यामीक विद्यालय, खार माध्यामीक विद्यालय, धुरीखेडा माविमा पनि सोही समस्या देखा परेको छ। नौगाड गाउँपालिकाका सूचना अधिकारी प्रेम राज जोशीले छात्राहरू बेहोस हुने समस्या देखा परेको तर के कति कारणले भएको भन्ने पत्ता लाग्न नसकेको बताए। स्वास्थ्य चौकीमा उपचार गर्दा कुनै रोग नदेखिने, पत्ता नलागेका कारण उपचार सम्भव नभएको बताए। उनले केही समयमै निको पनि हुने गरेका कारण बाहिरबाट चिकित्सक नबोलाइएको बताए।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने नौगाडका छात्राहरूमा बेहोस हुने समस्या देखा परेको जानकारीमा आएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले छात्राहरू बेहोस हुने समस्या देखा परेपछि तुरुन्त स्वास्थ्य कार्यालयलाई काउन्सीलिङ गर्न निर्देशन दिइएको बताए। उनले भने,–‘जनस्वास्थ्य कार्यालय प्रमुख लाई सजक तुल्याएका छौ, उपचारमा कमिहुन दिइने छैन।’

सिडिओ पोखरेलले वर्तमान उपचार पद्धति अनुसार उनीहरूको स्वास्थ्य उपचार गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले पहिलेको भन्दा समस्या कम देखिएको जनाएको छ। केही महिना पहिले पनि दैनिक ८–९ छात्रा बेहोसका घटना आउने गरेकोमा अहिले फ्याट्फुट आउने गरेको जनाएको हो। तर सामान्य उपचार पछि निको भएर जाने गरेको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।