कञ्चनपुर । अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् ।
युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षक अमर थापाले बताए ।
पीडित पक्षले जबर्जस्ती करणी गरी भिडियो बनाएको भन्दै प्रहरीलाई उजुरी दिएपछि प्रहरीले १० साउनमा भट्टलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
Views: 20