२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरको शुक्लाफाटा नगरपालीका बनरा बस्तीमा खाद्यान्न वितरण

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाटा नगरपालीका बनरा बस्तीमा खाद्यान्न वितरण गरिएको छ । नगरपालीकाको वडा नम्बर ११ बनरा बस्तीमा रहेका २२ घरधुरीलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । २५ केजीका दरले २२ कठ्ठा चामल र २२ केजी दाल सहयोग गरिएको छ ।

ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल कि अध्यक्ष चाँदनी ऐर को संयोजकत्वमा सामाजिक अभियान्ता यशोेदा भट्टको पहलमा राहत संकलन गरिएको थियो । देश तथा बिदेशबाट सहयोग गरेको राहत सामाग्री मंगलबार बितरण गरिएको छ । खाद्यान्न सामाग्री बुझदै बस्तीका स्थानियले खुसी ब्यक्त गरे । बस्तीका स्थानिय मान धोजले गरिब बस्तीमा आएर खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद ज्ञापन गरे ।

No description available.

मजदुरी गरेर जिबीका चलाईरहेका बस्तीका स्थानियले कहिले काही काम समेत नपाउदा भोकै बस्नु परेको उनले बताए । “आज निकै खुसी भयौ चामल र दाल पाएर” बस्तीकी अर्की स्थानिय मथुरा देबी सार्कीले भनिन् । अब केही दिन खानाको समस्या टारिएको उनको भनाई छ । केही दिनको लागी भए पनि बनरा बस्तीलाई यस राहत सामाग्रीले सहज हुने यस अभियानकी संयोजक सामाजिक अभियान्ता चाँदनी ऐरले विश्वास लिएकी छन् । बिभिन्न सहयोगीदाताहरुले सहयोग गरेको रकमबाट आवश्यक सामाग्री खरीद गरी वितरण गरेको उनले बताईन् ।

दुखि पिडतहरुको सहायताको लागी समाजमा सबैले अग्रसर हुने हो भने कसैले पनि दुःख नपाउने उनको बुझाई छ । यस अभियानमा बिभिन्न ठाउबाट सहयोग गर्ने सहयोगी दाताहरुलाई अभियान्ता ऐरले धन्यवाद ज्ञापन गरेकी छन् । सबैको साथ र सहयोगले गर्दा समाजमा रहेका असहाय र पिडितहरुको घाउमा मलमपट्टी लगाउनमा मद्धत पुगेको सामाजिक अभियान्ता यशोेदा भट्टले बताईन् । उनले सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।

राहत वितरण कार्यक्रममा रोयल शिबराज खडका, तिलक भण्डारी, दुर्गा देबि बिष्ट, राजमती कुवर, भोजराज जोशी लगायतको सहभागिता रहेको थियो । शुक्लाफाटा नगरपालीका ११ बनरा बस्ती नदीको छेउमा रहेका २२ घरधुरीमा करिब डेढ सय जनसंख्या रहेको स्थानियले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।