२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

प्रलोभन देखाएर अनलाइनबाट ७५ हजार ठगी !

कञ्चनपुर ,१८ फाल्गुन । कञ्चनपुरमा अनलाइनबाट ७५ हजार रकम ठगी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका गोबरैयाकी सुशिला वोहरा र दोधरा चाँदनी नगरपालिका ७ की माया बुढालाई अनलाइन मार्फत ७५ हजार ठगी भएको हो ।

फेसबुक चलाउँदै गर्दा दुवै जनाको मोबाइलमा तपाइको चिट्ठा परेको छ भन्दै बधाइ छ भन्ने सन्देस आएको थियो । सन्देश आएपछि फेसबुक मार्फत कुराकानी गर्दै जाँदा फेसबुक पछि ह्वाटसपमा बधाइ आएको ठाउँबाट कुरा हुन थालेपछि दुबै जना अनलाइनबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

२५ लाखको चिट्ठा परेको छ कसैलाई खबर नर्गनुु होला भनेर ह्वास्पबाट कुरा गरेपछि शङ्काको आधारमा प्रहरी समक्ष आएर ठगिएको गुनासो आएको प्रहरीको भनाई छ । सुशिला वोहरालाई ५५ हजार  मोबाइल एप इमोबाट ठगि भएको छ भने माया बुढालाई २० अजार अर्को मोबाइल  ह्वाटसपबाट ठगी भएको छ ।

कुराकानी गर्दा हिन्दीमा कुरा गर्ने र पैसा पठाएपछि मात्रै चिट्ठा परेको रकम उपलब्ध गराउने नियम छ भन्दै केही दिन अघिबाट यी दुई जनालाई अनलाइनबाट निरन्तर ठगी गर्ने व्यक्तिले फलोअफ गर्दै आएको थियो ।

चिट्ठाको रकम पाउनलाई माया बुढाले २० हजार र सुशिला वोहराले ५५ हजार रुपैया आएमी मार्फत पठाएको प्रहरीले जनाएको छ । पैसा पठाएको केही समयमै थप पैसा पठाउन भनेपछि आफूहरु ठगिएको भन्दै दुवै प्रहरी समक्ष आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए । 

उनका अनुसार अनलाइन मार्फत ठगी गर्ने प्रवृतिका घटना बाहिरी देशबाट हुने भएकोले प्रहरीले ठगिएको विषयलाई विभिन्न माध्यमबाट अनुसन्धान गरिहरेको छ । अनलाइनको माध्यमबाट मानिस ठगिएको विषयलाई अनुसन्धान गर्नको लागि प्रहरीले काठमाडौको युनिटसँग पनि समुन्वय गरिरहेको जिल्ला प्रहरी कायाृलय कञ्चनपुरले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।