२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धनगढीमा मेयर उपमेयर कप क्रिकेट प्रतियोगिता चैत ३ गतेदेखि सुरु हुने

धनगढी । क्रिकेटको शहर धनगढीमा मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट प्रतियोगिता चैत ३ गतेदेखि आयोजना हुने भएको छ । धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्ने अवधारणा अनुसार प्याब्सन धनगढी नगर समितिको आयोजनामा हुने प्रतियोगिता चैत पहिलो सातादेखि हुने भएको हो ।

क्रिकेट विकासलाई टेवा पुग्ने गरि धनगढी उप–महानगरपालिकाको संरक्षण तथा प्रबद्र्धनमा प्याब्सन धनगढी नगर समितिले आयोजना गर्ने प्रतियोगिता यसअघि फागुन २८ गते आयोजना गर्ने भनिएको थियो । तर मैदान खाली नहुने भएकोले केही दिनपछि सारिएको हो ।

प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजि विद्यालयहरु गरी ३० टोलीको सहभागीता रहने भएको छ । छात्र र छात्राका गरी ३० वटा टोलीको प्रतियोगितामा सहभागीता रहन आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । त्यसमा छात्र तर्फका १९ टीम र छात्रा तर्फका ११ टीमले भाग लिने प्रतियोगिताका संयोजक उदय प्रताप सिंहले जानकारी दिए ।

टी—२० को फरम्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिता संयोजक सिंहका अनुसार प्रतियोगिताको छात्र तथा छात्रा तर्फको विजेतालाई नगद एक लाख एक हजार एक सय एघार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ५१ हजार एक सय एघार सहित «फी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि झण्डै २१ लाख खर्च हुने अनुमान गरिएकोले त्यसमा झण्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग हुनेछ । प्रतियोगिताका लागि प्रायोजकहरुको खोजी भईरहेको आयोजकले जनाएको छ । त्यसै क्रममा छात्र तथा छात्रा तर्फको विजेता र उपविजेताका साथै म्यान अफ द म्याच तथा प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुको विधा प्रायोजकहरुसँग सम्झौता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

छात्र तर्फको प्रथम पुस्कार ओसन पब्लिकेसन र छात्रा तर्फको प्रथम पुरस्कारलाई शम्भु पुस्तक भण्डारले पायोजन गरेको छ । त्यसैगरी छात्र तर्फको दोस्रो पुरस्कार बेदान्त पब्लिकेसन र छात्रा तर्फको दोस्रो पुरस्कार ईमेज होटेलले प्रायोजन गरेको छ । छात्रा छात्रा तर्फका खेलका म्यान अफ द म्याच तथा प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पुरस्कारलाई ग्रीन पब्लिकेसनले प्रायोजन गरेको प्याब्सन धनगढी नगर समितिका अध्यक्ष पदम साउँदले जानकारी दिए । 

प्रतियोगिताले सरकारी तथा नीजि विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने आशा गरेको धनगढी उप महानगरपालिकाका मेयर नृपवहादुर ओडले बताए । पत्रकार सम्मेलनमा मेयर ओडसँगै उपमेयर सुशिला मिश्र भट्ट, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य विक्रम विष्ट लगायतको सहभागीता रहेको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।