काठमाडौं । विगत २४ घण्टामा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा संक्रमित निको भएका छन् । सो अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



यस्तै, काठमाडौं उपत्यकामा दुई हजार ५३२ जनाको नमूना परीक्षण गर्दा २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण भएको छ ।
उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् ।
Views: 210

























