२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

बझाङ,१६ फागुन । बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी नआएको जनाएको छ ।

सदरमुकाम ल्याइने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । चैनपुरमा पाइप विछ्याउने काम भइरहेको तथा पाइपको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्या भएको हो ।लामो समयदेखि धारामा पानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । पानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य छन्।

धारामा पानी नआउँदा आफूहरूलाई सास्ती भएको होटल व्यवसायी हर्क बोहराले बताए । चैनपुरमा डेरा गरी बस्ने तथा विद्यार्थीलाई पानी अभावमा समस्या भएको छ । चैनपुरमा हरेक वर्ष खानेपानीको अभाव हुँदै आएको छ ।

धारामा पानी नआउँदा सेती नदीबाट पानी ल्याउनपर्ने बाध्यता रहेको चैनपुरमा डेरागरी बस्ने सत्यवादी माविकी छात्रा निसा बोहोराले बताइन् । पानी नआउँदा महिलाहरू बढी मार्कामा परेको उनको भनाइ छ ।

सेती र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा स्थानीय बिरामी हुन थालेका छन् । फोहोर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य संक्रमणका बिरामीको संख्यामा बढ्दै गएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

चैनपुर-कुचा सडक निमार्णका क्रममा खानेपानीको पाइप काटिदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।