२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग : विद्या भूषण गेटाको विजयी सुरुवात

धनगढी – कैलालीको धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उसको लागि सुवाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २÷२ तथा सञ्जय केसीले १ विकेट लिए ।

१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रन बनाए ।

लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । खेलका म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए ।लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

लिग कम नक आउटका आधारमा प्रतियोगिता भईरहेकोे लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको शाहीले जानकारी दिए ।

काठमाडौँ र कञ्चनपुरका २÷२, रुपन्देही र दाङका एक÷एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।