कैलालीको फल्टुडेमा ग्रेडर मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका – १ को बजारीमा ग्रेडरले ठक्कर दिदाँ स्थाानिय ४६ बर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो ।



सडक मर्मत गरिरहेको बा २ क ८१३५ नम्बरको ग्रेडरले पैदल यात्रा गरिरहेका छेलाललाई ठक्कर दिएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
शनिबार दिउँसो साढे ३ बजे ग्रेडरको ठक्करबाट घाईते भएका छेलालको केहिबेर अघिमात्रै उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 177

























