दिपक राज भट्ट / डडेल्धुरा – सुदुर पहाडकाे केन्द्र डडेल्धुराकाे गन्यापुधार घर भएका खेम जाेशीले अमरगढी नगरपालिकाकाे माैराेडामा पाँच बर्षका लागि जमिन लिजमा लिएर च्याउ खेती र बीउ उत्पादन गर्ने काम गरेका छन्।सुरुमा घरमा पैशा नपाए पछि रिण गरेर दुई लाख लगानी गरेका जाेशीकाे अहिले फर्मकाे लगानी पच्चीस लाख पुगेकाे छ।



माैराेडमा अशिग्राम कृषि फर्मका नामले फर्म संञ्चालनमा ल्याएका हुनु तीस महिना अगाडि देखि फर्म संञ्चालन ल्याएका जाेशीले पहिला कृषि कार्य गरेकाे र पछिल्लो समयमा च्याउकाे बीउ उत्पादन गर्ने र च्याउ उत्पादन गर्ने काम गरिरहनु भएकाे छ।
लाखौं लगानी गर्दा पनि अनुदान भने नपाएकाे जाेशीकाे गुनासाे : तीस महिना अगाडि दुई लगानी गरेका जाेशीले पछिल्लो समयमा साधनस्रोत जाेडेर पच्चीस तीस लाखकाे लगानि भईसकेकाे छ। न त स्थानिय सरकारले हेर्याे न त संघसंस्थाले अनुदानका नाममा कृषि ज्ञान केन्द्र डडेल्धुराले च्याउ बीउ उत्पादन प्रयोगशाला स्थापनाका लागि ४ लाख अनुदान पाएकाे जाेशीकाे भनाइ छ।
स्वराेजगार दिदै जाेशी: जाेशीले फर्ममा दुई जना कर्मचारी राखेकाे छ भने दैनिक ज्यालादारि पनि दिने गरेका छन्। विदेश जाने युवाका लागि जाेशी प्रेरणा बनेका छन्।गरे के हुदैन भन्ने भावनाका साथ काममा लागेका जाेशी सफल किसान भएका छन्।
कृषकहरु लाई तालिम दिन्छन् जाेशी: जाेशीले फर्म मात्र चलाएका छैनन् उनले विभिन्न विकट गाउँमा च्याउकाे बीउ उत्पादन र च्याउ उत्पादनका बिषयमा किसानहरु लाई तालिम दिने गरेका छन्। च्याउकाे बीउ उत्पादन गरि बजारमा दिदै जाेशी: डडेल्धुरामा अहिले च्याउकाे बीउ २५० रुपैयाँ किलोग्राम पर्दछ ।
अाफ्नै फर्ममा उत्पादन गरेकाे च्याउकाे बीउ सुदुर पहाडका सबै जिल्लामा जाने गरेकाे जाेशी बताउछन्। प्रशिक्षण दिने गरेकाे । कसरी यहाँ सम्म पुगे त जाेशी उच्च शिक्षा हासिल गर्नुका लागि काठमाण्डाै पुगेका जाेशीले च्याउ बीउ ल्यावकाे काम सिक्नु अाफुले १ लाख रिण लिएर खर्च सिकेकाे उनी बताउछन् ।
विदेश जाने युवाहरु लाई जाेशी भन्छन् गरे स्वदेशमै राम्रो कमाउनु सकिन्छ। समय र मेहनत लगाउनु पर्छ विदेश जानू जरुरि हुदैन,गरे स्वदेशमै अवसरहरु प्रशस्त छन्।




























