कैलाली , १५ फागुन । कैलालीको गोदावरी नगरपालिका ५ का शिवचरण रानाको हत्यामा संगलग्नको खोजी कार्यलाई प्रहरीले तिब्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टका अनुसार सोधपुछका लागी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।



शनिबार बिहानै देखी प्रहरीको टोली ठाउँ ठाउँमा परिचालन गरिएको छ । अनुसन्धानकै लागी तालिम प्राप्त कुकुर समेत परिचालन गरीएको छ ।
गेटा आखाँ अस्पताल अगाडी पसल संचालन गर्दै आएका सोही ठाउँ बस्ने ३६ बर्षिय शिवचरण राना आज बिहान मृत अबस्थमा फेला परेका हुन् । राति पसलमै सुतेका उनको बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको आशंका गरिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
Views: 215

























