२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २८२४ मा गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।यस्तै गएको २४ घन्टामा थप ४८ जना निको भएर फर्किएका छन् । नेपालमा हालसम्म दुई लाख ७० हजार ३२५ कोरोनाबाट निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।