२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

धनगढीमा आयोजित फुटसल प्रतियोगितामा पत्रकारको टिम बिजयी

धनगढी, १५ फागुन । धनगढीमा आयोजित फुटसल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको छ । धनगढी जेसीसले आयोजना गरेको मैत्रिपुर्ण खेलमा खेलकुद पत्रकार मंच कैलालीको टिम बिजयी भएको हो । धनगढी जेशिसलाई १ गोलको अन्तरले खेलकुद पत्रकार मंचले पराजित गरेको हो ।

धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको मैत्रिपुर्ण प्रतियोगिताको सभापति धनगढी जेशिसका कार्यकारीणी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष मोहनराज ओझाले गरेका थिए । प्रतियोगिताको उद्घाटन धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले गरेका थिए ।

बिजयी टिमलाई धनगढी जेशिसका कार्यकारीणी उपाध्यक्ष मोहन राज ओझाले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको संयोजन धनगढी जेशिस बर्ष २०२१ का खेलकुद संयोजक दीपेन्द्र बिष्टले गरेका थिए । कार्यक्रमका सभापति तथा कार्यकारिणी उपाध्यक्ष मोहनराज ओझाले स्वास्थ्यका लागी खेलकुद खेल्नुपर्छ भन्ने उद्देश्यका साथ मैत्रिपुर्ण फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।