धनगढी, १५ फागुन । कैलालीको गेटामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्।



वडा नम्बर ५ की वडा सदस्य कृष्णाकुमारी चौधरीका अनुसार गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको शव फेला परेको छ।
उनको हत्या गरिएको आशंका स्थानीयले गरेका छन्। रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको पाईएकाले हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्।
अहिले जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ।
Views: 412

























