२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

प्रधनमन्त्री ओली र उपाध्यक्ष गौतमबीच छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गर्नुभएको छ । केही समयअघि सकिएको भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिनुभयो । उहाँहरुबीच करिब एक घण्टा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

“हिजो बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो, आज अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभयो, छलफलमा पार्टी एकताको प्रस्ताव उहाँले दुवै अध्यक्षसँग राख्नुभएको हो” स्वकीय सचिव टमटाले बताउनुभयो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।