२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग ५ को टर्फी सार्वजनिक

धनगढी, १४ फागुन । फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को टर्फी सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको टर्फी सार्वजनिक गरेको हो । यस्तै प्रतियोगिताको सम्पुर्ण तयारी पनि पुरा भईसकेको आयोजकले जनाएको छ ।

देशभरबाट सहभागी १६ टिमलाई क्रम स, समूह ए, बी, सी र डी गरी चार समूहमा विभाजन गरिएको छ । समूह ए मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारानगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी रहेका छन् । त्यस्तै समूह बी मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा रहेका छन् ।

त्यसै गरी समूह सी मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल रहेका छन् भने समूह डी मा कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्कीमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन् ।

फागुन १५ देखि २९ गतेसम्म धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडीमाना क्षेत्रीले जानकारी दिए । लिग चरणमा प्रत्येक टिमले ३÷३ खेल खेल्न पाउने छन् । उक्त खेलबाट समूह विजेता ४ वटा टिमले सेमिफाइनलमा स्थान पाउने उनले बताए ।

फागुन १५ बाट सुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ए को विजेता र समूह सी को विजेता पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह डी को विजेता दोस्रो सेमिफाइनल खेल खेल्ने छन् । फागुन २९ गते बिहान ११ बजे प्रतियोगिताको फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।