२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर डोटीमा एक जनाको मृत्यु

डोटी, १४ फागुन । जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर डोटीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ अस्पताल राजपुरमा लगिएको थियो ।

उपचारकै क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

स्थानीय र प्रहरीको सहयोगमा उनलाई उद्धार गरिएको थियो । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो ।

मृतक भुललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै यहाँका विभिन्न जंगलहरुमा आगलागीसमेत बढेको पाइन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।