२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, आगामी राजनीतिक छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, आगामी राजनीतिक कदमबारे छलफल
काठमाडौ : सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति भण्डारीसँग करिव डेढ घण्टा परामर्श गरेका हुन् । भेटमा प्रधानमन्त्रीले आगामी राजनीतिक कदमबारे छलफल गरेको बुझिएको छ ।

भेटमा सर्वोच्चको आदेश अनुसार संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ । यसअघि प्रधानमन्त्री नेतृत्वको नेकपाले अदालतले तोकेकै समयमा संसद बैठक आह्वान गर्ने निर्णय गरिसकेको छ ।

संसद विघटनको कदम सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्रीको राजीनामा माग हुँदै आएको छ । राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनुपर्ने माग उठिरहेको समयमा भएको भेटलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।