२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

कञ्चनपुरमा एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पुनर्वाससँगै जोडिएको भारतीय दुधुवा नेशनल पार्क क्षेत्रमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको बिहिबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय जंगलमा महिलाको मृत्यु भएकोले बिहिबार अबेर साँझसम्म भारतीय सुरक्षाकर्मीहरुले शव नेपाल ल्याउन दिएका थिएनन् ।

यद्यपि पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, बन अधिकृत सहितको टोलीको समन्वयमा मृतक महिलाको शव नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मृतक धनादेवी थापाको शव पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा सहितको रोहबरमा परिवारलाई बुझाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।