धनगढी, १४ फागुन । कैलालीमा २ लाख ३३ हजार बढीको अवैध सामान बरामद गरिएको छ ।



जिल्लाको धनगढी उप–महानगरपालिका र भजनी नगरपालिकाबाट भन्सार छलेर ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे.क्वा. कैलालीले जनाएको छ ।
२ वटा मोटरसाइकल सहित लुगाकपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सामानलाइ कैलाली र सत्ती भन्सार कार्यालयमा बुझाइएको छ।
Views: 190

























