२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

आज पनि सुदूरपश्चिममा भारी बर्षा, सतर्क रहौँ !

धनगढी : पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आज पनि बर्षा भईरहेको छ। बुधवारको बर्षाले कैलालीको दक्षिणपूर्वी क्षेत्र डुवानमा परेकोमा आज धनगढीका अधिकासं क्षेत्र जलमग्न भएका छन्।

जल तथा मौसम विज्ञान विभागले सामान्य बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ।

सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।