२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

आरसिटी र बोइज युनियनको जित

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा रानीपोखरी कर्नर टीम आरसिटी र बोइज युनियनले जित निकालेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा आरसिटीले नयाँबस्ती युवा क्लबलाई ४-२ ले हरायो। छैटौं मिनेटमा अजित गुरुङको गोलमा अग्रता बनाएको आरसिटीसँग १९ औं मिनेटमा नयाँबस्तीका गणेश हमालले गोल गर्दै बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा नयाँबस्तीले अग्रता बनायो। खेलको ५० औं मिनेटमा सुचु गुरुङले नयाँबस्तीलाई अग्रता दिलाए पनि अग्रता लामो समय भने टिक्न सकेन। खेलको ६७ औं मिनेटमा सुरेन खवासले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ८३ औं मिनेटमा विश्वास थापा र ८५ औं मिनेटमा अजितले ब्यक्तिगत दोस्रो गोल गर्दा आरसिटीले ४-२ को सहज जित निकाल्यो।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा ब्वाइज युनियनले झम्सिखेलमाथि ४-० को सहज जित निकाल्यो। ब्वाइज युनियनको जितमा बिनोद राईले ह्याट्रिक गर्दा टंक बहादुर स्याङतानले एक गोल गरे।

आजको खेलमा जित निकालेसँगै आरसिटी ७ खेलबाट ९ अंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने बोइज युनियन ७ खेलबाट ११ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।