कञ्चनपुर । चारदिन देखि वेपत्ता भएका कृष्णपुर नगरपालिका-९ चपरतला का ४० बर्षिय गणेश चौधरी दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।



उनि धनगढीको चटकपुर फापला क्रकेट ग्राउन्ड नजिकैको नर्सरीमा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले बताए ।
ज्यालादारी काममा गएकि श्रीमती लाई बोलाउन भनी फागुन १० गते बिहान ११ बजे घरदेखी साईकिलमा गएका चौधरी चारदिन बितिसक्दा पनि नआएका कारण प्रहरी र गाँउलेको सहयोगमा उनको खोजि गरिएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Views: 192

























