२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

फेसबुक र इन्स्टाग्राममा म्यानमारको सेनालाई प्रतिबन्ध

नपिद्व: फेसबुकले म्यानमारको सेनालाई आफ्नो सेवा प्रयोग गर्नबाट प्रतिबन्ध गरेको छ ।

यस्तै सेनासँग सम्बन्धित निकायहरुलाई पनि फेसबुकले पहुँच रोकिदिएको छ । म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी हालै सेनाले कू गरेपछि फेसबुकले उसमाथि लगाएको सबैभन्दा कठोर निर्णय हो ।

म्यानमारको सेनाले फेसबुकसँगै इन्स्टाग्रामको पहुँचबाट पनि प्रतिबन्धित हुनेछ । फेसबुकले म्यान्मारका सेनालाई फेसबुक र इन्स्टाग्रामको प्रयोग गर्न दिँदा उच्च जोखिम हुने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

गत नोभेम्बरमा म्यानमारमा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै यहाँको सेनाले कू गरेको थियो । साथै उसले निर्वाचनमा धाँधली भएको कुरा फेसबुकमार्फत प्रचार समेत गर्दैआएको छ । तर धाँधली भएको कुनै प्रमाण सेनाले पेश गर्न सकेको छैन ।

म्यानमारको सेनाको कदमप्रति अन्तर्राष्ट्रिय समुदायले समेत कडा आलोचना गरेका छन् । साथै म्यानमारका जनताहरु सेनाको विरोधमा सडकमा उत्रिएर विशाल र्‍याली निकालेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।