२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

नेकपा कसको ? सुनुवाइ सकियो, फागुन २० गते निर्णय

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) विवादको निर्णय फागुन २० गते सुनाउने भएको छ । नेकपा नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २० गते निर्णय सुनाउने भएको छ । 

कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ भएको हो ।

सुनुवाइ सकिएपछि २० गते निर्णय सुनाउने तय भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 

सत्तारुढ नेकपाभित्र पार्टीको आधिकारिकता विषयमा विवाद चर्किएका बेला कट्टेलले २०७५ मंसिर २१ गते दायर गरेको रिटमाथि सुनुवाइ भएको हो । यसअघि यो रिटमाथि पेसी चढे पनि सर्दै आएको थियो । 

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।