२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

कञ्चनपुरबाट मोटरसाइकल सहित डेढ लाख बराबरका अवैध सामान बरामद

                                                                  फाइल तस्विर

कञ्चनपुर । कञ्चनपुरको विभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सामान बरामद गरीएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–१० भुडाबाट अन्दाजी २५ हजार मूल्य बराबरको १ सय किलो कुखुरा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ती बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टिनका प्रतिनिधी तथा स्थानीयको रोहवरमा नष्ट गरिएको छ। यस्तै शुक्लाफाँटा नगरपालिका–१ बाट भन्सार छलेर ल्याएका १३ हजार बराबरको ३ कट्टा चिनी र ३ पेटी खाने तेल बरामद गरिएको छ।

यसैगरि बेलौरी नगरपालिका–६ भुराकोटबाट अन्दाजी ९९ हजार ९ सय बराबरका भंसार छली पैठारी गरी ल्याएका गुलाब जामुन १ डिब्बा, सुपर ग्लो सोल्युसन २१ पिस, आन्टी सुपारी २ डिब्बा, बिग फन चक्लेट, कालीमम खट्टामिठा २० पाकेट, बाजारी ४० पाकेट, सरफ लगायत  किरानाका अन्य सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उनकाअनुसार बरामद सम्पूर्ण सामानको अन्दाजी मूल्य १ लाख ३७ हजार ९ सय रहेको छ । सामानसहित बरामद भएका ७ बेवारिसे मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।