कञ्चनपुर ,१३ फागुन । कञ्चनपुरमा घरको छतबाट हाम फालेर एकको मृत्यु भएको छ । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका–१८ सुर्योदय टोलमा डेरा गरि बस्दै आएका कृष्णपुर नगरपालिका–५ का करिव १९ बर्षिय सन्तोश चौधरीको छतबाट हाम फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बुधबार राति घरको छतबाट हाम फालेका चौधरीको मृत्यु भएको बताए ।
मानसिक तनावमा रहेका चौधरीले छतबाट हाम फाल्नु पूर्व मदिरा समेत सेवन गरेर घरमा पनि आफ्नो दाई संग मर्छु भनेर भनेको डिएसपी थापाको भनाई छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 147

























