२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

मोहन खड्का र मन्सारा शाहीको पहलमा अनिता खड्कालाई एक लाख ८० हजार आर्थिक सहयोग

धनगढी,१३ फागुन । गुल्मीको धुर्कोट पिपलधारकी अनिता खड्कालाई आर्थिक सहयोग जुटेको छ । मस्तिष्क रक्तश्राप बाट पिडित खड्कालाई अमेरिकामा बस्दै आएका मोहन खड्का र मन्सारा शाहीको पहलमा एक लाख ८० हजार आर्थिक सहयोग गरिएको हो ।

बिगत लामो समयदेखि सो रोगबाट गर्सित खड्कालाई धनगढीका सामाजिक अभियान्ता मोहन खड्का मार्फत अनिताका श्रीमान बिनोद खड्कालाई आज सो रकम  हस्तान्तरण गरिएको हो । डाक्टरले अनिताको उपचारमा ठुलो रकम आवश्यक पर्ने भनेपछि उनका श्रीमान बिनोदले सबैसंग सहयोगका लागी अपिल गरेका थिए ।

काठमाडौँको नेचुरोपेथी अस्पतामा अहिले अनिताको उपचार भईरेईरहेको छ । खड्काले भने, “अचानक एक वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि विनोदले अस्पताल लिएर गए । डाक्टरले अनितालाई ब्रेन ह्याम्रेज भएको बतायो ।” परिवारले आश पनि छोडेका थिए । अनिताको बैतर्नी पनि गरेको र गाइदान समेत गरेको बताए ।

तर अहिले अनिताको स्वास्थ्यमा पहिलेको भन्दा केहि सुधार आएको जनाएको छ । बिनोदले सहयोग गर्ने सम्पुणलाई धन्याबाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग अपेक्षा गरेको बताए । उनको घाँटीको शल्यकृया  गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनको  उपचारका लागी केहि सहज होस भन्ने उदेश्यले खड्कालाई बचाउन आफुहरु पनि लागिपरेको धनगढीका सामाजिक अभियान्ता  मोहन खड्काले बताए ।

                                    सहयोगी दाताहरु :-

No description available.  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।