डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा रहेको सिखर सामुदायिक बिकास समुह कैलपालमाण्डौद्वारा श्री लाटामाण्डौ आधरभुत बिधालयलाई कम्प्युटर ,टेवुल हस्तान्तरण गरेको छ ।



शैक्षिक स्तरमा केही विकास र परिर्वतन गर्न सिखर सामुदायिक बिकास समुह कैलपालमाण्डौले बिधालयलाई उक्त समाग्री हस्तान्तरण गरेको बताएको हो ।
कार्यक्रममा बोल्दै सिखर सामुदायिक बिकास समुहका अध्यक्ष समाजसेवी युवा नेता नरेन्द्र कुमार भट्टले भने, विद्यालयलाई पानस,कुर्सी र ३१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई ड्रेस वितरण गरेको छौं , हामीले गरेको सानो सहयोगले विद्यार्थीलाई राहत मिल्छ भने हामी सहयोगको लागी एक कदम खघि रहने बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशसभा संसद माननीय गोबिन्दराज बोहरा र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस डडेलधुरा पुर्ब सभापति रघुबर भट्ट रहेका थिए।
कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथी बोहराले बिधालयको घेरबार लगायतको समस्या समाधानका लागि पहिल गरिने प्रतिबद्धता गरेका छन ।





























