२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिमको पहाडी जिल्लाका विद्यार्थीले अब डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका विद्यार्थीले अब डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने भएका छन्।

प्रदेशका ७ पहाडी जिल्लाका विद्यार्थीहरुले प्रविणता तह सम्मको प्रमाणपत्र डडेल्धुरामा रहेको राष्ट्रिय परिक्षा बोर्डको कार्यालयबाट पाउने भएका हुन। राष्ट्रिय परिक्षा बोर्डको कार्यालय डडेल्धुराबाट ट्रान्सकिप्ट, माईग्रेसन र प्रोभिज्नल सर्टिफिकेट दिन सुरु गरिएको छ।

यसअघि विद्यार्थीले धनगढीमा रहेको परिक्षा बोर्डको कार्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने व्यवस्था थियो। डडेल्धुरामा २०७१ सालको फागुनमा राष्ट्रिय परिक्षा बोर्डको कार्यालय स्थापना भएको थियो। स्थापनाको ७ वर्षपछि विद्यार्थीलाई सर्टिफिकेट दिन सुुरु गरिएको कार्यालय प्रमुख नारायण प्रशाद जोशीले बताए।

अब विद्यार्थी एवं विद्यालयहरुले कैलालीको धनगढीबाट सर्टिफिकेट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। अहिले सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डाटी गरि १६ हजार विद्यार्थीका प्रमाणपत्र वितरण गर्नुपर्ने भएको कार्यालय प्रमुख जोशीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।