२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

इक्‍वेडरमा जेलमा भएको दंगामा कम्तीमा ७५ जनाको मृत्यु

काठमाडौँ — इक्‍वेडरमा मंगलबार तीनवटा जेलमा भएको दंगामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौ घाइते भएका छन् ।

                                           तस्बिर : रोयटर्स

पश्चिमी बन्दरगाह सहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तैगरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएङ्का छन् ।

इक्‍वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीनवटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् ।

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासका लागि जेलमा आपतकालीन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।