२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

निर्वाचन आयोगलाई देउवाको प्रश्न– नेकपा फुटेको छ कि छैन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले केही भन्न नसकेको बताएका छन् । बुधबार दिउँसो भएको भेटबारे महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बोल्दै देउवाले भेटवार्तामा आफूले कुनै बचन दिन नसकेको खुलाएका हुन् ।

सर्वोच्च आलतबाट संसद् पुनःस्थापित भइसकेपछि दुई अध्यक्षसँग भेटवार्ता गरेका देउवाले भने, “माधव–प्रचण्डसँग आज कुरा भयो तर मैले उहाँहरुलाई केही प्रतिबद्धता जनाउन सकिनँ ।” उनले प्रतिबद्धता जनाउने अवस्था राजनीतिक रुपमा नभएको बताए ।

“नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौ र कसैले पनि त्यस्तो चाहना राख्नु हुँदैन,” देउवाले प्रश्न गरे, “उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?” 

उनले निर्वाचन आयोगले अडकाएर राखिदिँदा संसद पुनःस्थापित भएपछि पनि राजनीति प्रष्टसँग अघि बढ्ने अवस्था हुन नसकेको बताए । 

“नेकपाका दुई समुहले आधिकारिकता दाबी गरिरहेका छन् । यसको टुंगो लगाउने जिम्मा निर्वाचन आयोगको हो,” देउवाले प्रश्न गरे, “निर्वाचन आयोगले नभनी केपी ओलीसँग वा प्रचण्ड–नृेपालसँग कसरी सत्ता साझेदारीका विषयमा समझदारी गर्ने ?” 

उनले नेकपाको विवादको कानुनी टुंगो नलाग्दासम्म कुनै समूहसँग पनि सहमति गर्ने अवस्था नरहेको बताए । 

अझै पनि राजनीति अन्योलमै छ  

सभापति देउवाले संसद् पुनःस्थापित भएर संविधान ट्रयाकमा आए पनि राजनीति भने अझै अन्योलमै रहेको बताए । 

“केपी ओलीले राजीनामा दिनुहुन्छ कि दिनुहुन्न ? उहाँले राजीनामा दिए संसदमा अविश्वास प्रस्ताव लैजानु नपर्ला । राजीनामा नै दिनुभएन भने माधव–प्रचण्डले अविश्वास प्रस्ताव राख्नुहोला,” देउवाले भने, “हामी संसदीय दलकोृ बैठक बसेर कस्तो भूमिका निर्वाह गर्ने भन्ने सन्दर्भमा निर्णय गरौँला ।” 

देउवाले संसदभित्र प्रक्रिया सुरु नहुँदासम्म कांग्रेस कुन पक्षमा उभिन्छ भनेर नखुलाउने संकेत गरे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।