२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

डोटीमा ११ प्रतिशत महिला २० वर्ष नपुग्दै बच्चा जन्माउँछन्

डोटी, १२ फागुन । ‘एकातिर राज्यले २० वर्षमुनिको विवाहलाइ गैरकानुनी भनेको छ अर्कोतिर २० बर्ष नपुग्दै गर्भवती हुने क्रम पनि रोकिएको छैन ।’ २० वर्षभन्दा कम उमेरमा गर्भवती भएकाहरुको तथ्याङक प्रस्तुत गर्ने क्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीको भनाइ हो यो । प्रमुख मलासीका अनुसार  जिल्लाभरिका स्वास्थ्य संस्थाहरुबाट आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य जाँच 
गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् ।
 

जिल्ला स्वास्थ्य कार्यालय डोटीबाट प्राप्त जानकारी अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लाभरीबाट ३ हजार ६४५ जना महिलाहरुले स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा प्रसुती सेवा लिएका छन् ।

सानै उमेरमा विवाह गर्ने गरेका कारण उमेर नपुग्दै आमा बन्नेहरु संख्या ठुलो रहेको बताइएको छ । अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आमा बन्नेहरुको संख्या घट्दै गएको भए पनि अझै अन्त्य नै भने हुन सकेको छैन । आर्थिक वर्ष २०७४÷०७५ मा २० प्रतिशत महिलाहरु २० वर्षभन्दा कम उमेरमा नै आमा भएको देखिएको छ, आर्थिक वर्ष ०७५÷०७६ मा १७ प्रतिशत र आर्थिक वर्ष ०७६÷०७७ मा ११ प्रतिशत महिलाहरु उमेर नपुग्दै आमा बनेका छन् ।

चालु आर्थिक बर्षको साउन महिना यता डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने ६ सय ९९ जना महिलामध्ये १७ जना २० वर्षभन्दा कम उमेरका रहेका बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य श्रेष्ठले भने, –‘सानै उमेरमा विवाह गर्नेे प्रचलनको अन्त्य भएको छैन, त्यसैको फलस्वरुप उमेर नपुग्दै गर्भवती हुने समस्या  छ ।’

चालु आर्थिक वर्षको साउन महिना यता मात्र डोटीको दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्रमा मात्र ७० जना २० वर्षभन्दा कम उमेरका गर्भवती महिलाले अल्ट्रासाउण्ड सेवा लिएको तथ्याँक छ । दिपायल सिलगढी नगरपालिकाभित्रकै कलेना स्वास्थ्यचौकीमा कार्यरत अनमी – ज्योति श्रेष्ठले भनिन्, –‘१६÷१७ उमेरकाहरु पनि गर्भ जाँच गराउन आउँछन् । उमेर नपुग्दै बच्चा पाउने त धेरै छन् । यसले आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या आउने गरेको छ ।’

जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्याको एउटा कारण कम उमेरमा आमा बन्नु पनि रहेको बताइएको छ । मुलुकी ऐन अपराध संहिता २०७४ को दफा १७३ मा २० बर्ष नपुगी विवाह गर्न नपाइने ब्यवस्था गरेका छ । उमेर नपुग्दै गरेको विवाहलाइ गैरकानुनी भनिएको भए पनि सानै उमेरमा विवाह गर्ने क्रम नरोकिदा कम उमेरमा नै आमा बन्नुपर्ने समस्या छ । 
साभार गोरखापत्रबाट 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।