२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

दाहाल-नेपालले देउवालाई भने : अब मिलेर जाऔं

काठमाडौँ — नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई मंगलबार बदर गरेपछि भोलिपल्टै दाहाल र नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।

दाहाल र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा कांग्रेस सभापति देउवाले भने पार्टीभित्र छलफल गरेर अब कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने बताएका थिए । बैठकपछि अध्यक्ष नेपालले आफूहरुले अब आफ्नो पार्टी मिलेर अघि बढ्न चाहेको र कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउन चाहेको देउवालाई बताएको जानकारी दिए ।

नेकपा अध्यक्ष नेपालले भने, ‘कांग्रेस पार्टी, जसपा र केपी ओलीको प्रतिगमनविरुद्धमा रहेका पार्टीहरुसँग मिलेर जाने पक्षमा हामी छौं । केपी ओलीले राजीनामा दिन्छन् भने सबैभन्दा राम्रो । राजीनामा दिएनन् भने उहाँलाई निकाल्नु पर्छ र अर्को संयुक्त सरकार बनाउनु पर्छ, मिलेर अघि बढ्यौं भन्यौं ।’

देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘उहाँहरुले मिलेर आयौं भनेर सभापतिजीलाई भन्नुभयो । उहाँले पार्टी भित्रमा छलफल गरेर भन्छु भन्नु भएको छ ।’ उनका अनुसार कांग्रेसको शीर्ष नेताहरुसहित पदाधिकारीहरुको बैंठक बिहीबार देउवा निवासमा बोलाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।