२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

१३ दिनभित्रै संसद् बैठक आह्वान हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपाको ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताए ।

समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताए । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’ स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।