२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कञ्चनपुरमा प्रचण्ड—माधव समूहको विजय जुलुस

कञ्चनपुर । नेकपा प्रचण्ड—माधव समूहले बुधबार कञ्चनपुरको महेन्द्रनगर बजारमा विजय जुलुस निकालेको छ। सर्वच्च अदालतले संसद् पुनः स्थापन गर्ने निर्णयको स्वागत गर्दै विजय जुलुस निकालेको हो।

विजय जुलुस महेन्द्रनगर बजारका विभिन्न भागको परिक्रमा गर्दै मदन चोकमा पुगेर कोणसभामा परिणत भएको छ। कोणसभालाई सम्बोधन गर्दै नेकपाका नेता एवं पूर्व(संविधान सभा सदस्य टेकेन्द्रप्रसाद भट्टले प्रतिगमन सच्चिए पनि राजनीतिक लडाई लडन बाँकै नै रहेको बताएका छन्।

उनले भने, ‘संसद् पुनः स्थापन भएको छ। यो खुसीको कुरा हो। अझै पार्टीलाई एक ढिक्का बनाएर लैजाने कार्य बाँकी नै छ। यसका लागि पार्टी पंक्तिले जसरी प्रतिगमनविरुद्ध लडे त्यसैगरी लड्नुपर्ने भएको छ।’

नेकपाका अर्का नेता देवीलाल चौधरीले देशबासीको भावनाअनुरूप र संविधानको रक्षा गर्ने कार्य सर्वोच्च अदालतले गरेर आफ्नो गरिमा कायम राखेको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।