कैलाली । कैलालीमा ट्रकबाट झर्ने क्रममा बैतडीका एकजना युवकको मृत्यु भएको छ।



पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–३ झिलस्थित पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४७३८ नम्बरको ट्रकबाट झर्ने क्रममा सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका–१ का १७ वर्षीय सुशिल चन्द रहेका छन्।
ट्रकबाट झर्ने क्रममा अण्डकोषमा चोट लागेर गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
Views: 154

























