२०८३ बैशाख २६ शनिबार
२०८३ बैशाख २६ शनिबार

डोटीमा भरुवा बन्दूकसहित एक जना पक्राउ

डोटी । डोटीको केआइसिंह गाउँपालिका–१ गणेशकाँडाबाट एक जना भरुवा बन्दूकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ३७ वर्षीय डिलबहादुर भनिने दीपेन्द्र शाही छन् ।

शाहीले घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीचौकी वायलबाट प्रहरी सहायक निरीक्षक भाष्करदत्त पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अभियुक्त शाहीलाई अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा प्रहरीले अवैध हातहतियार राख्नेहरुको सूचना सङ्कलन गर्ने तथा पक्राउ गर्ने कार्यलाई तीव्र रुपमा अगाडि बढाएको छ ।विना इजाजत अवैध हातहतियार (बन्दुक) राख्नेहरुलाई यहाँको स्थानीय प्रशासन कार्यालयले तत्काल बुझाउन पनि आग्रह गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।