२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका अधिकारकर्मी ६ घण्टा पछी छुटे

कञ्चनपुर । कञ्चनपुर प्रहरीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शनमा उत्रिएका छ जना अधिकारकर्मीलाई ६ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वेदकोट नगरपालिकामा पर्ने दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएका ती अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा दिएको थियो ।

प्रदर्शनमा उत्रिएका अधिकारर्मीहरु शारदा चन्द, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला जोशी, आनन्दी राना र खडक विष्टलाई इलाका प्रहरी कार्यालय झलारीले मध्यान्ह १२ बजे पक्राउ गरेको थियो । उनीहरुले बेलुकी ६ बजेपछि रिहा गरिएको छ ।

प्रधानमन्त्री ओली औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने थाहा पाएपछि दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टि–शर्ट लगाएर उभिएका बेला प्रहरीले उनीहरुमाथि धरपकड गरेको थियो ।

निर्मला पन्तलाई बलत्कार गरेर हत्या गरेको तीन बर्ष पुग्दासमेत हत्यारा पत्ता नलगाएको अवस्थामा न्यायका लागि टि–शर्ट लगाएर आफूहरुले कुनै पनि गलत क्रियाकलाप नगरेको अधिकारकर्मीहरुको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।